You are viewing the translated version of दर्ता गराई प्रकाशन गर्नु पर्ने.

Section 35
दर्ता गराई प्रकाशन गर्नु पर्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम जारी भई नेपाल राजपत्रमा प्रकाशन नभएका प्रत्यायोजित विधायन यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम कानून मन्त्रालयमा दर्ता गराई दर्ता नम्बर उल्लेख गरी प्रकाशन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र कानून मन्त्रालयमा दर्ता नगराइएको प्रत्यायोजित विधायन त्यस्तो अवधि व्यतित भएपछि स्वतः अमान्य हुनेछ।